नियम १५
संशोधनमाथि छलफल र निर्णय
(१) संशोधन प्रस्तुतकर्ता सदस्यले संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिनेछ । (२) संशोधनमाथि छलफल समाप्त भएपछि छलफलमा उठेका प्रश्नहरुको जवाफ विधेयक प्रस्तुतकर्ता सदस्यले दिनेछ । (३) संशोधनमाथिको जवाफ समाप्त भएपछि संशोधन प्रस्तुतकर्ता सदस्यलाई आफ्नो संशोधन फिर्ता लिन समय दिइनेछ । (४) संशोधन प्रस्तुतकर्ता सदस्यले संशोधन फिर्ता नलिएमा उक्त संशोधन संयुक्त बैठकमा निर्णयार्थ प्रस्तुत गरिनेछ ।